
मङ्सिर २४, काठमाडौँ / काठमाडौँको नागार्जुन नगरपालिका–४ मा डेरा बस्ने एक महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२ घर भएकी २८ वर्षीया रुबिना खातुनको कोठाबाट करिब ५ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको र यस घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।