२०८३ बैशाख ९, बुधबार

बन्दसत्र

एमालेको बन्दसत्र भृकुटीमण्डपमा हुने

आज भृकुटीमण्डपमा मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने भनिएको छ ।
एमालेको बन्दसत्र भृकुटीमण्डपमा  हुने

मंसिर २८, काठमाडौं / शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको नेकपा एमालेको ११औें महाधिवेशनअर्न्तगत आजदेखि बन्दसत्र सुरु हुँदैछ । आज भृकुटीमण्डपमा  बन्दसत्रका कार्यक्रम सुरु हुने भनिएको छ । बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले पछि सरेको हो ।

नेकपा एमालेको बन्दसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा टेन्ट राखेर हल बनाइएको छ। प्रदर्शनी कक्षको हलमा भने खानपानको व्यवस्था मिलाइएको छ। बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी हुँदैछन्। उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।

नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस