२०८२ मंसिर ३०, सोमबार

नेकपा एमाले

एमालेको विधान संशोधन, केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाईयो

नेकपा एमालेले विधान महाधिवेशनको निर्णय उल्ट्याएर पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ।
एमालेको विधान संशोधन, केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाईयो

मंसिर २८, काठमाडौं/  नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ।

११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव राखेर पदाधिकारी १५ र स्थायी कमिटी ४५ सदस्यीय बनाइएको छ।

सोही अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना बनाइएको छ। यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ। गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो।

नेकपा एमालेले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएर पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस