२०८२ पौष १, मंगलबार

राजेन्द्र गौत्तम

एमालेका नेता राजेन्द्र गौत्तमले लिए उम्मेदवारी फिर्ता

एमालेका नेता राजेन्द्र गौत्तमले उम्मेदवारी फिर्ता लिएका छन् ।
एमालेका नेता राजेन्द्र गौत्तमले लिए उम्मेदवारी फिर्ता

पुस १, काठमाडौं / नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने भएको छ।

’नेतृत्व र साथीहरुको आग्रहपछि मैले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएँ,’ उनले भने । खुला केन्द्रीय सदस्यमा भने आफ्नो उम्मेदवारी कायमै रहने उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस