
पुस ३, काठमाडौँ / रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।