२०८२ पौष ४, शुक्रबार

शव फेला

रूपन्देहीको कञ्चनमा १७ वर्षीय युवकको शव नालीमा फेला

बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको हो ।
रूपन्देहीको कञ्चनमा १७ वर्षीय युवकको शव नालीमा फेला

पुस ४, बुटवल / रूपन्देही कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको छ । बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको हो ।

मृतक युवा बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए। खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार ‘टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी गरिरहेको छ ।’ उनले बताए ।

स्थानीयको खबरपछि तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय रूद्रपुरको टोलीले शवको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि बुटवल पठाएर घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र पारिएको र स्थानीयसँग सोधपुछ भइरहेको जनाएको छ।

स्थानीय अर्जुन र रमा शर्मा पौडेलका एक मात्र छोरा ईशान स्थानीय बुद्धदिप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस