
पुष ४,काठमाडौँ/ काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएको व्यक्तिलाई उच्च अदालत पाटनले धरौटीमा थुनामुक्त गर्न दिएको आदेश चित्त नबुझेको भन्दै एक युवतीले विष सेवन गरी आत्माहत्याको प्रयास गरेकी छिन्।
विहीबार करिब ३० वर्षकी एक युवतीले जबर्जस्ती करर्णी धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि आत्महत्या गर्छु भन्दै विष सेवनको प्रयास गरेकी हुन । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको स्रोतले बताएको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।
उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी छ ।