
पुष ४,काठमाडौँ / यति बेला बंगलादेशमा राजनीतिक तनाव चर्किएको छ। बंगलादेशको प्रमुख नेता मध्य एक नेताको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
जुलाई आन्दोलनका प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको छ। टाउकामा गोली लागेर गम्भीर घाइते भएका हादीको मृत्युपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ ।
अन्तरिम प्रमुख मोहम्मद युनुसले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै दोषीलाई छिट्टै पक्राउ गर्ने वाचा गरेका छन्। राजधानी ढाकामा प्रदर्शन हिंसात्मक बन्दै ‘प्रोथोम आलो’ अखबारको कार्यालयमा तोडफोड भएको छ।