२०८२ पौष १७, बिहिबार

दुई युवक पक्राउ

ललितपुरमा एटिएम तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ

एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
ललितपुरमा एटिएम तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ

पुस १७, काठमाडौँ /  एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–३ घर भएर सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भएर धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।

बुधबार राति उनीहरुले ललितपुर महानगरपालिका–१४ स्थित टुटेपानीमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । प्रहरी वृत्त सातदोबाटोले उनीहरूबारे अनुसन्धान गर्दैछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस