

माघ १, धादिङ् / नेकपा एमालेले माघ ४ गते चुनावी सभा गर्ने भएको छ । नेकपा एमाले बागमती प्रदेशको आयोजनामा माघ ४ गते चुनावी सभा गर्ने भएको हो । नेकपा एमाले बागमती प्रदेशले बागमती प्रदेश जिल्ला र जनसंगठनका सबै कमिटीलाई आ आफ्नो ब्यानरमा सहभागी हुन भनेको छ । भृकुटीमण्डप हुदै गएको लाखौं संख्याको र्याली प्रज्ञा भवनमा पुगेर सभा हुने छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्नु हुने छ ।