
माघ २, झापा / झापा बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा बिहीबार (माघ १) राति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा मोटरसाइकल चालक मगरको मृत्यु भएको हो । उनकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी छन् । फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।