
माघ ५, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा–५ बाट उम्मेदवार बन्दैछन् ।
बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने तयारी रहेको रास्वपाले जनाएको छ ।