
माघ २०, नवलपरासी / प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन् । नवलपरासीको कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी पछि प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएकी हुन् । “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेश गरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौँ,“ उनले भनिन् ।
कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन् ।