२०८३ जेष्ठ २१, बिहिबार

गरगहना चोरी

बौद्धमा एउटै घरबाट १ करोड बढीका गरगहना चोरी

काठमाडौंमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ ।
बौद्धमा एउटै घरबाट १ करोड बढीका गरगहना चोरी

माघ २१, काठमाडौं / काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ । टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको हो । मंगलबार दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहनाहरू उक्त घरबाट चोरी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् । अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटना बारे अनुसन्धान अघि बढाएका छन् ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस