२०८३ बैशाख २१, सोमबार

नेकपा एमाले

नेकपा एमालेले निश्चित निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्न सक्ने

नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले निश्चित निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने नीति लिएको छ।
नेकपा एमालेले निश्चित निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्न सक्ने

माग २२, काठमाडौँ / नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले निश्चित निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने नीति लिएको छ। केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले विभिन्न दलसँग सहकार्यका लागि संवाद भइरहेको जनाएको हो।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का अनुसार २१ गतेअघिसम्म सबै पक्षसँग सहकार्यको प्रयास जारी रहनेछ र अन्तिम समयमा केही क्षेत्रमा तालमेल हुन सक्नेछ। उनले देशविरोधी शक्तिविरुद्ध जाने दलहरूसँग सहकार्य गर्न सकिने पार्टी नीति रहेको बताए। एमालेले बादललाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ। अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि तालमेलको सम्भावना अझै कायम रहेको बताएका छन्। तर कुन दलसँग, कहाँ तालमेल हुन्छ भन्ने खुलाइएको छैन।
यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस