
माघ २०, काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमाले नेता विष्णु रिमाल सहित आज बिहान बालुवाटार पुगेका छन् । वर्तमान सरकारले गर्ने निर्वाचन निष्पक्ष हुनेमा ओलीले प्रश्न उठाएका थिए ।भेटमा प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताइन् । निकट स्रोतका अनुसार वर्तमान सरकारले गर्ने निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका ओलीले निर्वाचन सार्ने विषयमा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिबारे पनि चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको बताएकी थिइन् । बिहान साढे १० बजेदेखि करिब दुई घण्टा छलफल चलेको बताइएको छ ।