
फाल्गुन ३, काठमाडौँ / बंगलादेशमा निर्वाचनबाट दुई–तिहाई सिट जितेको बंगलादेश राष्ट्रिय पार्टी अध्यक्ष तारिक रहमानले ११ फागुनमा प्रधानमन्त्रीको सपथ लिने भएका छन् । बंगलादेशको प्रधानमन्त्रीले सपथमा नेपालसहित १३ देशलाई निमन्त्रणा गरेको छ । सपथ समारोहका लागि नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, युएई, कतार, मलेसिया र ब्रनाईका प्रतिनिधिहरुलाई निमन्त्राणा गरिएको हो ।
बिहीबार २ सय ९९ स्थानमा सम्पन्न निर्वाचनमा २ सय ९७ सिटको मतगणनामा हुँदा बंगलादेश राष्ट्रिय पार्टीले २ सय ९ सिट जितेको थियो । बाँकी दुई सिटमा अदालतले तत्काल मतगणना नगर्न आदेश दिएको थियो । कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको छ ।