
फागुन ४, काठमाडौँ/काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधाराबाट प्रहरीले लागुऔषध (पोल्यान्ड), ट्रामाडोल र २ लाख ६२ हजार नगद सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएर गुर्जुधारा स्थित डेरामा बस्ने ५६ वर्षीया सञ्च माया तामाङ रहेकी छिन् ।
प्रहरी प्रभाग बलम्बुकी इन्स्पेक्टर लक्ष्मी खड्का नेतृत्वको टिमले आइतबार उनको डेरामा खानतलासी गर्दा ५ केजी गाँजाको धुलो (पोल्यान्ड) जस्तो पदार्थ र २५० क्याप्सुल ट्रामाडोल फेला परेको हो । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।