
३० फाल्गुन धादिङ/गोरखाको मनकामना दर्शन गरेर भारतीय तीर्थयात्री फर्किने क्रममा शनिबार साझ माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रो वसमा १४ जना भारतीय तिर्थयात्री सवार रहेको प्रहरीले जनाएको छ ।
मनकामना दर्शन गरेर फर्किने क्रममा गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ स्थित कनटारमा माइक्रोबस दुर्घटना भएको थियो। दुर्घटना परी सात जना भारतीय तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको छ भने छ जनाको तिर्थालुहरूको उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ। माइक्रो चालक भने सकुशल रहेको बताइएको छ ।