Post views: 146
उदयपुर, असार ६ — महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
बा.२ ख ६४३८ नम्बरको बस शुक्रबार बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ को अँधेरी क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीको जानकारी छ।
दुर्घटनामा घाइते भएका ३२ जनालाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।