२०८३ अषाढ १८, बिहिबार

दृष्टिविहीन माथि राज्यबाट अपमान

दृष्टिविहीन माथि राज्यले बुट बजार्यो, सहारा खोज्दै दृष्टिविहीन पार्टी कार्यालयहरूमा

दृष्टिविहीन माथि राज्यले बुट बजार्यो, सहारा खोज्दै दृष्टिविहीन पार्टी कार्यालयहरूमा

काठमाडौं। दृष्टिविहीन नागरिकहरूले आफ्ना मागहरू संसदमा उठाइदिन आग्रह गर्दै नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा ज्ञापनपत्र बुझाएका छन्।

drishtinepal
बुधबार एमाले पार्टी कार्यालय च्यासल पुगेका दृष्टिविहीनहरूको प्रतिनिधिमण्डलले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा एमाले केन्द्रीय सदस्य विशाल भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो रोजीरोटीको अधिकार सुनिश्चित गर्न पहल गरिदिन आग्रह गरेको हो।

drishtinepal
ज्ञापनपत्र बुझाउने क्रममा उनीहरूले राज्यले आफूहरूलाई बेवास्ता गरेको गुनासो गर्दै फरक क्षमताका नागरिकलाई सम्मानजनक रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए। उनीहरूका अनुसार लामो समयदेखि सार्वजनिक सडक, चोक तथा विभिन्न सार्वजनिक स्थानमा आफ्नो कला र स्वर प्रस्तुत गर्दै जीविकोपार्जन गर्दै आएका दृष्टिविहीनहरूको रोजीरोटी राज्यका नीतिका कारण प्रभावित भएको छ।

drishtinepal
जीविकोपार्जनको मुख्य आधार नै खोसिएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको दृष्टिविहीनहरूको भनाइ छ। उनीहरूले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, रोजगारी तथा सामाजिक सुरक्षाको सुनिश्चितताका लागि आफ्ना मागहरू संसदमार्फत सम्बोधन गराउन एमाले नेतृत्वसँग आग्रह गरेका छन्।

drishtinepal
ज्ञापनपत्र बुझ्दै जनसङ्गठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईले दृष्टिविहीनहरूले उठाएका विषय गम्भीर रहेको उल्लेख गर्दै सम्बन्धित निकाय तथा संसदमा विषय उठाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस