२०८३ भाद्र २३, मंगलबार

बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप पठाइयो, नुवाकोटमा ८० हजार डोजभन्दा बढी

नुवाकोटमा हैजा विरुद्धको खोप पठायो
बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप पठाइयो, नुवाकोटमा ८० हजार डोजभन्दा बढी

भाद्र २३ रसुवा । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम न्यूनीकरण गर्न हैजाविरुद्धको खोप पठाएको छ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको जनाएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग समेत पठाइएको छ।

त्यस्तै, रसुवामा आइतबार हेलिकोप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ। रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा लगायतका पानीजन्य रोगको संक्रमणको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जोखिममा रहेका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिनुका साथै प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वास्थ्य सुरक्षाका उपायलाई समेत प्राथमिकता दिइनेछ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस