
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई दोस्रो पत्र पठाइएको छ।
पार्टीभित्रको पछिल्लो अवस्था, संगठन तथा समसामयिक राजनीतिक विषयलाई लिएर थापालाई दोस्रो पत्र पठाइएको हो। पत्रमा पार्टीको आगामी कार्यदिशा, नेतृत्वको भूमिका तथा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा ध्यानाकर्षण गराइएको जनाइएको छ।
यसअघि पनि सभापति थापालाई विभिन्न विषय समेटेर पत्र पठाइएको थियो। दोस्रो पत्रमार्फत अघिल्लो पत्रमा उठाइएका विषयसँगै थप विषयमा समेत धारणा सार्वजनिक गरिएको बताइएको छ।
पत्रमा उठाइएका विषयबारे कांग्रेस नेतृत्वबाट आवश्यक छलफल र निर्णय हुने अपेक्षा गरिएको छ।