२०८३ आश्विन १, बिहिबार

बोलेरो दुर्घटना

विश्वकर्मा पूजाकै दिन इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम बोलेरो दुर्घटना
विश्वकर्मा पूजाकै दिन इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

असोज १ । इलामको देउमाई नगरपालिका–१ चमैतामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँ–देउराली भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडीले थिच्दा देउमाई–१ चमैताका अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेतको मृत्यु भएको हो।

प्रहरीका अनुसार बस्नेत यात्रु झारेर गाडी फर्काउने क्रममा दुर्घटनामा परेका थिए। गाडीमा चालक बस्नेत एक्लै सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटना हिजो बेलुका भएको भए पनि स्थानीयले आज बिहान मात्रै घटनाबारे जानकारी पाएका थिए। बिहान बस्नेतलाई गाडीले थिचेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाको सूचना बिहान करिब ६ बजे प्राप्त भएपछि प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक सन्तोषकुमार राईको नेतृत्वमा सोको (SOCO) टोलीसमेत खटिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।

विश्वकर्मा पूजाको दिन चालकको दुर्घटनामा मृत्यु भएको खबरले स्थानीयवासी स्तब्ध भएका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस