२०८३ आश्विन २, शुक्रबार

धादिङ ज्यामिरे पहिरो

धादिङको ज्यामिरेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ ज्यामिरे पहिरो
धादिङको ज्यामिरेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

असोज २ धादिङ । धादिङको ज्यामिरेमा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

सडक माथिबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको हो। पहिरोका कारण काठमाडौं आवतजावत गर्ने दुवैतर्फका सवारीसाधन रोकिएका छन्।

पहिरोका कारण राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ। यात्रु तथा चालकहरू सडक खुल्ने प्रतीक्षामा रहेका छन्।

पहिरो हटाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ। सडक खुलाउन डोजर तथा अन्य उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने बताइएको छ।

लगातार वर्षा भइरहेकाले सो क्षेत्रमा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस