२०८३ आश्विन २, शुक्रबार

सेयर बजार

सेयर बजार २२.८५ अंकले बढ्यो, नेप्से २६४७ अंकमा

सेयर बजार
सेयर बजार २२.८५ अंकले बढ्यो, नेप्से २६४७ अंकमा

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२.८५ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २६४७ अंकमा कायम भएको छ।

कारोबार रकममा समेत वृद्धि भएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

शुक्रबार बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। बैंकिङ समूहको सूचक १.५९ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बीमा समूह १.५२ प्रतिशतले बढेको छ।

विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.८५, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.८५ प्रतिशतले बढेका छन्। अन्य समूह ०.११ र फाइनान्स समूह ०.०२ प्रतिशतले घटेका छन्।

आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको मूल्य स्थिर रह्यो।

बढ्ने कम्पनीतर्फ स्नो रिभर्सको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ। त्यस्तै इनिफिनिटी लघुवित्त ९.८१, मैलुङखोला जलविद्युत् ८.८४, याम्बलिङ हाइड्रोपावर ६.२० र बोटलर्स नेपाल तराईको सेयर मूल्य ५.०६ प्रतिशतले बढेको छ।

घट्ने कम्पनीतर्फ हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। धौलागिरी लघुवित्त ५.१३ र मातृभूमि लघुवित्तको मूल्य २.६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट अगाडि रहेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस