२०८३ आश्विन २, शुक्रबार

भारत चीन अमेरिका राजदूत सिफारिस

भारतमा पाण्डे, चीनमा शर्मा र अमेरिकामा थापा राजदूत सिफारिस

भारत चीन अमेरिका राजदूत सिफारिस
भारतमा पाण्डे, चीनमा शर्मा र अमेरिकामा थापा राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई राजदूतमा सिफारिस गरेको हो।

सरकारले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन तथा अनुसन्धान र नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई विभिन्न देशका लागि राजदूतमा सिफारिस गरेको जनाएको छ।

अब सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि प्रस्ताव पठाइनेछ।

सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरूलाई सम्बन्धित देशका लागि नेपालको राजदूतमा नियुक्त गर्नेछन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस