२०८३ आश्विन ३, शनिबार

काले पण्डितको कुशको शव बनाएर अन्त्येष्टि

२४ दिनपछि काले पण्डितको कुशको शव बनाएर अन्त्येष्टि

काले पण्डितको कुशको शव बनाएर अन्त्येष्टि
२४ दिनपछि काले पण्डितको कुशको शव बनाएर अन्त्येष्टि

धादिङ । धादिङको थाक्रे गाउँपालिका–९, पण्डितपौवाका काले पण्डित (देवकुमार पण्डित) भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको २४ दिनपछि हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका पण्डितको लामो समयसम्म खोजी गर्दा पनि शव फेला पर्न सकेको थिएन। शव नभेटिएपछि परिवारले हिन्दू धार्मिक परम्पराअनुसार कुशको प्रतिनिधि शव बनाएर शनिबार अन्तिम संस्कार गरेको हो।
सोप्याङ्ग खोलामा हिन्दू संस्कारअनुसार पण्डितको अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।
पण्डित रसुवामा रहेको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा कार्यरत थिए। बाढीपछि उनी सम्पर्कविहीन भएपछि परिवार तथा आफन्तजनले लामो समयसम्म खोजी गरे पनि शव फेला पार्न सकेनन्।
शव फेला नपरेपछि परिवारले धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको हो। स्वर्गीय पण्डितका दुई छोरा छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस