

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकका लागि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्।
एमालेभित्र पार्टी पुनर्गठनको विषयमा छलफल चलिरहेका बेला अहिले कार्यदलको बैठक जारी छ। पुनर्गठनसम्बन्धी विषयमा कार्यदलको बैठकलाई महत्वपूर्ण मानिएको छ।
कार्यदलमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन समीक्षा तथा संगठनात्मक विषयमा छलफल भइरहेको बताइएको छ।
कार्यदलको बैठकपछि एमाले सचिवालय बैठक बस्ने तयारी छ। सचिवालय बैठकमा कार्यदलमा भएको छलफल र प्रतिवेदनबारे थप समीक्षा हुने बताइएको छ।
पार्टीभित्र देखिएको विवाद तथा पुनर्गठनको विषयमा नेतृत्व तहमा छलफल चलिरहेका बेला आजका बैठकलाई चासोका साथ हेरिएको छ।