
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ। आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक अब दिउँसो ३ बजे बस्ने भएको छ।
अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल पुगे पनि बैठक बस्न नसकेपछि करिब आधा घण्टा बसेर बाहिरिएका छन्।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक जारी रहेकाले सचिवालय बैठकको समय सारिएको हो।
‘कार्यदलको बैठक सकिएन। अहिले खाना ब्रेक भएको छ,’ अधिकारीले भने, ‘खाना खाइसकेपछि कार्यदलको बैठक बसेर सकिएपछि सचिवालय बस्छ।’
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजेदेखि च्यासलस्थित पार्टी कार्यालयमा जारी छ