२०८३ आश्विन ४, आईतबार

जनमत महाधिवेशन

जनमत पार्टीको अध्यक्षमा फेरि सिके राउत निर्विरोध

सिके राउत
  • दृष्टि नेपाल
  • २०८३ आश्विन ४, आईतबार
जनमत पार्टीको अध्यक्षमा फेरि सिके राउत निर्विरोध

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्विरोध चयन भएका छन्।

पार्टीको जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।

अध्यक्षमा पुनः चयन भएसँगै राउतले पार्टीको नेतृत्वलाई निरन्तरता पाउने भएका छन्। जनमत पार्टीले संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएको छ।

राउतको नेतृत्वमा पार्टीले आगामी दिनमा संगठन सुदृढीकरण, जनताका मुद्दा र राजनीतिक गतिविधिलाई अघि बढाउने जनाएको छ।

पार्टीका अन्य पदाधिकारी तथा सदस्य चयनको प्रक्रिया पनि महाधिवेशनबाट अघि बढाइने बताइएको छ

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस