
हेटौंडा । महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नयाँबस्तीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब साढे ४ बजे वीरगञ्जबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको टेलर गाडी अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलामा खसेर दुर्घटना भएको हो।
प्रारम्भिक विवरणअनुसार चालक निदाएका कारण गाडी अनियन्त्रित भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक र सहचालक घाइते भएका छन्। दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।