
काठमाडौं । प्राविधिक समस्याका कारण आज सोमबार सेयर बजारको नियमित कारोबार बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक कारणवश आजको कारोबार सञ्चालन गर्न नसकिने जनाएको हो।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर (डाटा हब) मा असोज ४ गते बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो।
समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।
यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएको भन्दै आजको नियमित कारोबार सत्र स्थगित गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले प्राविधिक समस्या समाधान गरी कारोबार पुनः सञ्चालन गर्ने विषयमा आवश्यक जानकारी गराउने जनाएको छ।