२०८३ आश्विन ५, सोमबार

बालेनका बाचा

प्रधानमन्त्री बालेनलाई बाचा सम्झाउन महतोले अभियान चलाउने

प्रधानमन्त्री बालेनलाई बाचा सम्झाउन महतोको अभियान
प्रधानमन्त्री बालेनलाई बाचा सम्झाउन महतोले अभियान चलाउने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई विगतमा गरेका बाचा सम्झाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले अभियान सञ्चालन गर्ने बताएका छन्।

महतोले प्रधानमन्त्री बालेनलाई जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराउने उद्देश्यले अभियान चलाउने बताएका हुन्।

उनका अनुसार प्रधानमन्त्रीलाई विगतका बाचा र प्रतिबद्धता सम्झाउँदै ती विषय कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने अभियान सञ्चालन गरिनेछ।

अभियानका क्रममा सरकारका कामकारबाही तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धताबारे जनतामाझ समेत छलफल गरिने महतोले बताएका छन्।

महतोले प्रधानमन्त्री शाहलाई जनतासँग गरेका बाचा पूरा गर्न आग्रह गर्दै अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस