
असोज ५ काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी भएको छ।
त्रिपुरेश्वर क्षेत्रमा चलिरहेको बसमा अचानक आगलागी भएको हो। आगलागीपछि बसबाट धुवाँ निस्किएपछि यात्रुहरूलाई तत्काल बाहिर निकालिएको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ। आगलागीको कारण र क्षतिको विवरण खुल्न सकेको छैन।
आगलागी नियन्त्रणका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको छ।