२०८३ आश्विन ६, मंगलबार

सार्वजनिक यातायात

त्रिपुरेश्वरमा बस आगलागी : चालक दावा लामालाई बग्गीखाना बोलाइयो

त्रिपुरेश्वरमा बस आगलागी
त्रिपुरेश्वरमा बस आगलागी : चालक दावा लामालाई बग्गीखाना बोलाइयो

असोज ६ काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगलागी गराएको घटनाबारे चालक दावा लामालाई प्रहरीले बग्गीखाना बोलाएको छ।

त्रिपुरेश्वरस्थित सडकमा पार्किङ गरिएको बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा चालक लामाले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाका बेला बसमा कुनै पनि यात्रु भने थिएनन्।

बसमा आगो लागेपछि प्रहरी तथा दमकलको टोली घटनास्थलमा पुगेको थियो। आगलागीबाट बसमा क्षति पुगेको छ।

घटनाको कारणबारे थप अनुसन्धान गर्न चालक लामालाई बग्गीखाना बोलाएर सोधपुछ तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस