२०८३ आश्विन ६, मंगलबार

कम्युनिस्ट एकता

कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति

नेकपा वार्ता समिति
कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न कम्युनिस्ट पार्टी तथा समूहसँग पार्टी एकताका लागि वार्ता समिति गठन गरेको छ ।

पार्टीले कम्युनिस्ट विचारधारा तथा समान राजनीतिक उद्देश्य भएका दल र समूहसँग एकता तथा सहकार्यका लागि औपचारिक छलफल अघि बढाउने उद्देश्यले वार्ता समिति गठन गरेको जनाएको छ ।

वार्ता समितिले विभिन्न कम्युनिस्ट पार्टीका नेतृत्व तथा प्रतिनिधिसँग छलफल गरी सम्भावित एकता, सहकार्य र त्यसका आधारबारे कुराकानी गर्नेछ ।

पार्टी एकताका लागि राजनीतिक तथा सांगठनिक विषयमा छलफल गर्दै साझा आधार पहिचान गर्ने तयारी गरिएको छ । वार्ताका क्रममा विभिन्न पक्षका धारणा, प्राथमिकता र प्रस्तावबारे समेत छलफल हुने जनाइएको छ ।

नेकपाले कम्युनिस्ट शक्तिबीच सहकार्य र एकताको वातावरण निर्माण गर्न वार्ता समितिलाई जिम्मेवारी दिएको जनाएको छ । समितिको छलफल र निष्कर्षका आधारमा आगामी प्रक्रिया अघि बढाइने बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस