२०८३ आश्विन ७, बुधबार

धादिङ कृष्णभिर

कृष्णभिरको डाइभर्सनमा त्रिपाल लगाइयो, भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्कता

कृष्णभिर डाइभर्सन Slug
कृष्णभिरको डाइभर्सनमा त्रिपाल लगाइयो, भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्कता

असोज ७ बुधबार धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा डाइभर्सन गरिएको भित्तामा त्रिपाल लगाइएको छ।

शुक्रबारदेखि नेपालमा भारी वर्षाको सम्भावना रहेको भन्दै सम्भावित पहिरो रोकथामका लागि सडक विभागले डाइभर्सनको भित्तामा त्रिपाल लगाएको बेनिघाट रोराङ गाउँपालिका–७ का वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिएका छन्।

वडा अध्यक्ष बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत डाइभर्सन गरिएको भित्तामा त्रिपाल लगाइएको जानकारी दिएका हुन्।

भारी वर्षाका कारण सडकको डाइभर्सन क्षेत्रमा पानी जम्ने तथा भित्तामा पहिरो जाने जोखिमलाई मध्यनजर गर्दै त्रिपाल लगाइएको बताइएको छ।

पृथ्वीराजमार्गको उक्त खण्ड राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकमार्ग भएकाले वर्षाका समयमा पहिरो तथा सडक अवरोधको जोखिम रहने गरेको छ।

शुक्रबारदेखि वर्षाको मात्रा बढ्न सक्ने मौसम पूर्वानुमानका बीच सडक विभागले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालेको हो।

वर्षाका समयमा कृष्णभिर क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको अवस्थाबारे सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस