
गल्छी (धादिङ), असोज ८ । नुवाकोट जिल्लाको तार्केश्वर गाउँपालिका–३ घर भएका तिर्थ बहादुर गुरुङ धादिङको गल्छी क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार गुरुङको शव गल्छी गाउँपालिका क्षेत्रभित्र फेला परेको हो। घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
गुरुङको मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
हाल गुरुङको शव गल्छी अस्पताल बैरेनीमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट प्राप्त हुने विवरणपछि मृत्युको कारणबारे थप जानकारी आउने प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।