२०८३ आश्विन ९, शुक्रबार

सडक अवरुद्ध

कृष्णभीरमा फेरि पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कृष्णभीर पहिरो
कृष्णभीरमा फेरि पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

धादिङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण धादिङको कृष्णभीरमा फेरि पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठूला ढुङ्गा तथा चट्टानसहितको पहिरो खसेपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गरेपछि कृष्णभीरमा ठूलो पहिरो गएको थियो। पहिरो गएको स्थानभन्दा माथि करिब २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरेपछि गत असोज १ गतेदेखि मात्रै उक्त सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।
तर, पुनः पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। पहिरो हटाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस