२०८३ आश्विन ९, शुक्रबार

लगातारको वर्षासँगै पहिरो खसेपछि पृथ्वीराजमार्गको बाङ्गे खण्डमा यातायात प्रभावित

पृथ्वीराजमार्गअन्तर्गत गजुरीको बाङ्गेमा पनि पहिरो

पृथ्वीराजमार्ग पहिरो
पृथ्वीराजमार्गअन्तर्गत गजुरीको बाङ्गेमा पनि पहिरो

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेमा पनि पहिरो खसेको छ।

लगातारको वर्षाका कारण सडक छेउको भिरबाट पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

बाङ्गेमा पहिरो खसेसँगै सडकमा माटो तथा ढुंगा थुप्रिएको बताइएको छ। पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधनलाई जोखिम बढेको छ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङका विभिन्न स्थानमा लगातार पहिरो खसिरहेका कारण सडक आवागमन प्रभावित हुँदै आएको छ। वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेको छ।

सडकमा पहिरो खसेपछि यात्रु तथा सवारीचालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सडक खुलाउने तथा पहिरो पन्छाउने कामका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस