
धादिङको धुनिवेशी नगरपालिका–९ स्थित सुरुङमार्ग नजिकै पहिरो खसेपछि राजपथ अवरुद्ध भएको हो ।
पहिरो खसेपछि सडकमा माटो तथा ढुंगा थुप्रिँदा सवारीसाधन आवागमन रोकिएको छ । सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले पहिरो पन्छाउने काम गरिरहेको जनाइएको छ ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण थप पहिरो खस्न सक्ने जोखिम रहेको छ ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उक्त क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।