
११ असोज, धादिङ । निरन्तर वर्षाका कारण धादिङको थाक्रे गाउँपालिका–३ निगालेमा ८० वर्षीय खुसी सुनारको घर भत्किएको छ ।
लगातारको वर्षापछि गएराति सुनारको घर भत्किएको हो । घर भत्किएपछि घटनास्थलमा पुगेको स्थानीय टोलीले प्रारम्भिक क्षतिको निरीक्षण गरेको छ ।
वडा अध्यक्ष विजय लामा, स्थानीय प्रहरी तथा अन्य टोली राहत सामग्रीसहित आज बिहानै घटनास्थलमा पुगेका थिए । टोलीले घटनाको अवस्थाबारे जानकारी लिँदै प्रारम्भिक क्षतिको निरीक्षण गरेको जनाइएको छ ।
स्थानीय तहले प्रभावित परिवारका लागि आवश्यक सहयोग तथा थप राहत व्यवस्थापनको प्रक्रिया अघि बढाएको जनाएको छ ।