२०८३ आश्विन ११, आईतबार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अपराध अनुसन्धान कार्यालयले परिवारको जिम्मा लगाएको छ। उनलाई यसअघि ‘सुरक्षा थ्रेट’ भन्दै टेकु लगिएको थियो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ ।

‘सुरक्षा थ्रेट’ भन्दै टेकु लगिएका जबरा परिवारको जिम्मा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको हो ।

यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँमा’ पठाइएको बताएका थिए । उनले उक्त ‘सुरक्षित ठाउँ’ कहाँ हो भन्नेबारे भने खुलाएका थिएनन् । प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको जानकारीपछि कार्यालयमा ल्याएर राखिएको बताएको थियो ।

जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय टेकु पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएको जनाइएको छ । करिब ४५ मिनेट गेटमा कुर्दासमेत भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो ।

सरकारले जबरालाई नियन्त्रणमा लिनुपर्नाको कारणबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन । यसअघि प्रहरीले उनलाई नियन्त्रणमा लिनुको कारणका रूपमा ‘सुरक्षा थ्रेट’ उल्लेख गरेको थियो ।

प्रहरी टोली निवासमा पुगेपछि जबराले आफ्ना भाइ प्रभुशमशेरलाई फोन गरेर आफूलाई लिन प्रहरी आएको जानकारी गराएका थिए । प्रभुशमशेरले प्रहरीहरूले ‘जेनजीबाट थ्रेट’ रहेको भन्दै दाइलाई लगेको बताएका छन् ।

जबरालाई नियन्त्रणमा लिइएको घटनाको कानुनी आधार र प्रहरीको कार्यशैलीबारे कानुनका जानकारहरूले प्रश्न उठाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस