२०८३ आश्विन ११, आईतबार

हिमपहिरो

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन

हिमपहिरोपछि खोज तथा उद्धारका लागि पर्वतारोही गाइडसहितको टोली परिचालन
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन

११ असोज, काठमाडौं । मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्।
आइतबार बिहान हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरो गएको हो। एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको जानकारी दिएका छन्। उनका अनुसार इम्याजिन नेपालका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन छन्।
घटनापछि खोज तथा उद्धारका लागि पर्वतारोही गाइडसहितको टोली परिचालन गरिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष तुलसिंह गुरुङका अनुसार मिङ्मा गेल्जे शेर्पासहित चार जनालाई लिएर हेलिकोप्टर हिमलुङतर्फ उडेको छ भने अन्य गाइडहरू पनि उद्धारका लागि तयारी अवस्थामा छन्।
हिमपहिरोपछि सम्पर्कविहीन भएकाहरूको अवस्था यकिन हुन सकेको छैन। उद्धार टोलीले हिमलुङ क्षेत्रमा पुगेर खोजी तथा घटनाको थप विवरण संकलन गर्ने बताइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस