
ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ।
सोमबार बिहान स्थानीय सोवितकुमार थापाको साढे दुई तले घर ढलेको ललितपुर प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घर ढले पनि घटनामा कुनै मानवीय क्षति भएको छैन।
घर ढल्नुको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।