२०८३ आश्विन १३, मंगलबार

सिमलताल सडक भासियो

सिमलतालमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी

मुग्लिन–नारायणगढ सडक
सिमलतालमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी

१३ असोज, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडकको केही भाग भासिएपछि सवारी आवागमन एकतर्फी बनाइएको छ ।

सिमलतालमा सडकको करिब ७० मिटर लम्बाइको भाग भासिएपछि सावधानी अपनाउँदै एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक भासिएपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । सडकको अवस्था थप बिग्रिन नदिन तथा सवारीसाधनलाई सुरक्षित रूपमा सञ्चालन गर्न एकतर्फी आवागमनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

सडकको भासिएको भागमा आवश्यक मर्मत तथा व्यवस्थापनको काम अघि बढाउने तयारी भइरहेको बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस