२०८३ आश्विन १३, मंगलबार

सडक अपडेट

बीपी राजमार्ग खुल्यो, तत्काल साना सवारीसाधन मात्रै सञ्चालनमा

बीपी राजमार्ग खुल्यो, तत्काल साना सवारीसाधन मात्रै सञ्चालनमा
बीपी राजमार्ग खुल्यो, तत्काल साना सवारीसाधन मात्रै सञ्चालनमा

१३ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्रै सञ्चालनमा आएका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले सडकमा क्षति पुर्‍याएको स्थानमा डाइभर्सन निर्माण गरेपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

बाढीका कारण नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ को माम्तीमा रोशी खोलाले अस्थायी डाइभर्सन बगाएको थियो । यस्तै, नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको थियो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी दुई स्थानमा डाइभर्सन निर्माण गरिएको छ ।

अहिले साना सवारीसाधन सञ्चालनमा आए पनि ठूला तथा मालवाहक सवारीसाधनका लागि भने केही समय पर्खनुपर्ने भएको छ । दिउँसोदेखि सबैखाले सवारीसाधन पूर्ववत् रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको कार्यालयले जनाएको छ ।

६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबस सञ्चालनका लागि भने अझै केही घण्टा पर्खनुपर्ने बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस