२०८३ आश्विन १४, बुधबार

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ ।

सिन्धुलीमा जिप सडकबाट २० मिटर तल खस्यो, ८ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना, ८ जना घाइते
सिन्धुलीमा जिप सडकबाट २० मिटर तल खस्यो, ८ जना घाइते

१४ असोज, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन् ।

घाइते सबैलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जिपका चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन् ।

जिप कसरी अनियन्त्रित भयो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस