
१५ असोज, काठमाडौं । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको छ। बाढीका कारण सडक क्षतिग्रस्त भएपछि लामो समयदेखि प्रभावित बनेको आवतजावत ट्रयाक खुलेसँगै सहज हुन थालेको हो।
सडकखण्डमा ट्रयाक खोलिएपछि स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा राहत पुगेको छ। सडकलाई थप व्यवस्थित बनाउन आवश्यक काम भने जारी रहने जनाइएको छ।